नागरिक सवाल
पोखरा १६, साउन । प्रेस चौतारी नेपालले समाचार लेखेको बिषयलाई लिएर पत्रकार माथि धम्की आउदा समेत चासो नदिएको भन्दै नेपाल पत्रकार महासंघ कास्की शाखाका तालाबन्दी गरेको छ । कास्कीका क्रियाशिल पत्रकार रञ्जन अधिकारीलाई समाचार लेखेको विषयलाई लिएर धम्की आएको घटनामा नेपाल पत्रकार महासंघ कास्की शाखाले अभिभावकत्व ग्रहण गर्न नसकेको भन्दै प्रेस चौतारी कास्कीले तालाबन्दी गरेको हो ।
समाचारको विषयलाई लिएर नवलपरासी घर भई पोखरा ११ बस्दै आएका श्रीकृष्ण श्रेष्ठले तीन दिनसम्म फोन मार्फत् तनाव दिने, फेसबुक म्यासेन्जर र एसएमएस मार्फत् पत्रकार अधिकारीलाई धम्की दिदै आएका थिए ।मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको पावर चलाउँछु भन्दै धाकधम्की लगाउने कार्य पिडकबाट भएपनि महासंघले कुनै प्रतिक्रिया नजनाएको भन्दै प्रेस चौतारी कास्की शाखाले गम्भीर ध्यानाकर्षण गराउन महासंघको कार्यालयमा तालाबन्दी गरेको हो ।
प्रेस चौतारीले उक्त निन्दनिय कार्यमा संलग्न व्यक्ति श्रेष्ठ र प्सफल सुवेदीलाई कारबाहीको दायरामा नल्याउदासम्म तालाबन्दी नखोलिने जनाएको छ । यसै बिच नेपाल पत्रकार महासंघ कास्की शाखाले शनिबार एक बिज्ञप्ति जारी गदै समाचार लेखेकै बिषयमा पत्रकार माथि धम्की दिने कार्य निन्दनिय भएको भन्दै दोषी माथि कारवाहीको माग गरेको छ । कार्यलयमा तालाबन्दी भएपछि महासंघले बिज्ञप्ति जारी गरेको हो ।