काठमाण्डौं १५, साउन । लुम्बिनी प्रदेशमा जनता समाजवादी पार्टी जसपाबाट मन्त्री बनेका तीन जना सांसदको पद गुमेको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै उनीहरुलाई पदमुक्त गरेको हो । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय रहेका छन् ।
उनीहरुले प्रदेश सभाको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने जसपा उपेन्द्र यादव पक्षको ह्विप उल्लंघन गरेर पक्षमा मतदान गरेको भन्दै पदमुक्त गरिएको हो ।
जसपा कार्यकारिणी समितिको बैठकले ह्विप उलंघन गरेको भन्दै गत असार ३ गते उनीहरु तीन जनासहित सुमन शर्मा रायमाझीलाई स्पष्टीकरण सोधेको थियो । रायमाझीले आफू पार्टी संस्थापन पक्षतर्फ लाग्ने बताएकाले उहाँलाई कारबाही गरिएन ।