Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

बाघको बासस्थानलाई सुरक्षित बनाउने तर्फ ध्यान दिनुपर्छ : प्रधानमन्त्री देउवा


5.1K
Shares

बाघको बासस्थानलाई सुरक्षित बनाउने तर्फ ध्यान दिनुपर्छ : प्रधानमन्त्री देउवा

काठमाण्डौं १३, साउन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित बनाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्व बाघ दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

बाघको बासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology