कास्की १४, साउन । एकजना भारतीय नागरिक घर भित्रै मृतावस्थामा भेटिएका छन् । पोखरा महानगरपालिका १०, रंगशालास्थित दीपक गुरुङको घरमा भारतीय नागरिकको शव भेटिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
मृताबस्थामा भेटिएका अन्दाजी ६५ का असागर वासेको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो । उहाँ शव व्याट्री तथा वाईरिङ वर्कसप सञ्चालन गर्दै आउनु भएको थियो ।
वासे आफ्नै वर्कसप भित्र मृत अवस्थामा भेटिएको प्रहरीको भनाई छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको एसपी पौडेलले बताउनुभयो ।