Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

काग्रेसले क्रियाशील सदस्यताको बाँकी विवाद टुङ्गो लगाउने जिम्मा दियो छानविन समितिलाई


2.2K
Shares

काग्रेसले क्रियाशील सदस्यताको बाँकी विवाद टुङ्गो लगाउने जिम्मा दियो छानविन समितिलाई

नागरिक सवाल
काठमाण्डौं १३, साउन । नेपाली काँग्रेसले क्रियाशील सदस्यताका बाँकी विवाद टुंगो लगाउने जिम्मा क्रियाशील सदस्यता छानविन समितिलाई नै दिएको छ । प्रधानमन्त्री समेत रहनुभएका पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठकले छानविन समितिलाई २४ घण्टा समय दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

रमेश लेखक नेतृत्वको छानविन समितिले हिजो पार्टी सभापति देउवालाई बुझाएको प्रतिवेदनमा १५ /१६ वटा निर्वाचन क्षेत्र नटुंगिएको उहाँले बताउनुभयो । समितिले २४ घण्टा गृहकार्य गरेपछि भोलि फेरि पार्टीको बैठकमा छलफल हुने छ ।

क्रियाशील सदस्यता छानबिन नटुगिएका कारण काँग्रेसको महाधिवेशन कार्यतालिका प्रभावित भइसकेको छ । साउन १२ गतेका लागि तय भएको वडा तहको अधिवेशन स्थगित भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology