Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

गोरखाका श्रेष्ठ र अधिकारी मध्ये एक मन्त्री बन्ने सम्भावना बलियो : सर्टलिस्टमा दुवैको नाम


13.3K
Shares

गोरखाका श्रेष्ठ र अधिकारी मध्ये एक मन्त्री बन्ने सम्भावना बलियो : सर्टलिस्टमा दुवैको नाम

गोरखा १३, साउन । गोरखाका दुई सांसद मध्ये एक जना मन्त्रि बन्ने सम्भावना बलियो बनेको छ । नेकपा माओबादीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने व्यक्तिहरुको सम्भावित नामवलीको सर्ट लिस्टमा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ, गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य हरिराज अधिकारीको नाम परेपछि उहाँको मध्ये एक मन्त्रि बन्ने सम्भावना बलियो बन्दै गएको हो ।

मन्त्रिमण्डलमा पठाउने पार्टीका सांसदहरु मध्ये सवै क्षेत्रलाई समेटिने गरि १३ जनाको नाम छनोट गरिएको र उहाँहरु मध्ये पनि छनोट गरेर मन्त्रिमण्डलमा पठाउने तयारी भइरहेको पार्टी निकट स्रोतले जनाएको छ । माओवादीले ६ जनासम्म मन्त्री पाउने सम्भावना छ । दुई जना, पम्फा भुसाल र जनार्दन शर्मा यसअघि नै मन्त्री बनिसकेका छन् ।

गण्डकी प्रदेशको प्रतिनिधित्व हुने गरी नारायणकाजी श्रेष्ठ, देवेन्द्र पौडेल र हरि अधिकारीको नाम सर्ट लिस्टमा परेको छ । उहाँहरूमध्ये एकजना मन्त्री बन्ने स्रोतले बतायो । यी तीन नाममध्ये नारायणकाजी श्रेष्ठलाई माओवादीबाट उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्व गर्ने गरी पठाउने सम्भावना बढी देखिएको स्रोतको दावी छ ।

उता गण्डकीबाट प्रतिनिधित्व हुनेगरि बागलुङका सांसद देवेन्द्र पौडेलले आफु एकपटक पनि मन्त्री नबनेको स्थायी कमिटी सदस्य भएकाले आफूले अवसर पाउनुपर्ने बताउदै आउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology