Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ओली सरकारले प्रदेश प्रमुखबाट हटाएका शेरचनलाई देउवा सरकारले फेरि बनायो प्रदेश प्रमुख


3.3K
Shares

ओली सरकारले प्रदेश प्रमुखबाट हटाएका शेरचनलाई देउवा सरकारले फेरि बनायो प्रदेश प्रमुख

काठमाण्डौ १२, साउन । ओली सरकारले प्रदेश प्रमुखबाट पदच्यूत गरेका गडण्की प्रदेशको प्रमुखमा अमिक शेरचन देउवा सरकारले फेरि प्रदेश प्रमुखमा नियुक्त गरेको छ ।  नेकपा माओवादी केन्द्रको सिफारिसमा सरकारले लुम्बिनीका प्रदेश प्रमुखमा शेरचन र गण्डकी प्रदेशको प्रमुखमा पृथ्वीमान गुरुङलाई सिफारिस नियुक्त गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनीका प्रदेश प्रमुखहरू सीतादेवी पौडेल र धर्मनाथ यादवलाई पदबाट आजै पदबाट बर्खास्त गरि उहाँहरुलाई प्रदेश प्रमुखमा नियुक्त गरेको जनाएको छ । मन्त्रिपरिषद्को मंगलबारको निर्णय तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा प्रदेश प्रमुखहरूलाई पदमुक्त र नयाँ नियुक्ति गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

मंगलबारको मन्त्रिपरिषद् बैठकले पौडेल र यादवलाई पदबाट हटाउँदै उनीहरूको ठाउँमा गुरुङ र शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology