Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकी प्रदेशमै पहिलो पटक बन्यो यस्तो सुन्दर आकाशे पुल


4.4K
Shares

गण्डकी प्रदेशमै पहिलो पटक बन्यो यस्तो सुन्दर आकाशे पुल

कास्की ११, साउन । देशकै पर्यटकीय नगरी पोखरामा पहिलो पटक आकाशे पुल सञ्चालनमा आएको छ । बढ्दो सवारी चापलाई ध्यान दिदै पोखरा महानगरपालिकाले यात्रुलाई बाटो काट्न सहज होस् भन्ने उद्देश्यका साथ आकाशे पुल निर्माण गरेको हो । पोखराको सिर्जनाचोकमा निमाण भएको आकाशे पुललाई महानगरपालिकाको २ दुई करोड १५ लाखको लागतमा स्टिल ट्रस पेडेस्ट्रेन ओभरहेड ब्रिज निर्माण गर्न खर्च भएको महानगरका इञ्जिनीयर राजु रेग्मीले जानकारी दिनुभयो ।

पोखरामा निर्माण गरी सञ्चालनमा आएको यो आकाशे पुल गण्डकी प्रदेशकै पहिलो हो । पुलमा रङरोगन र सिसाको छानो राख्नेबाहेक सम्पूर्ण निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको छ । यो पुल चारै दिशाबाट उक्लन र ओर्लन सकिने खालको हो ।महानगरसँग २०७६ जेठ ५ गते आकाशे पुल निर्माणको लागि केएम जेबिएनएस पोखरा जेबीसँग सम्झौता भएको उक्त पुलको निर्माणकार्य २०७७ साउनसम्म सम्पन्न गर्ने लक्ष्य रहेको थियो ।

कोरोना महामारीका कारण निर्माणकार्य ढिला भई १ वर्षपछि सम्पन्न भएको हो । आकाशे पुलमा केही दिन देखी साँझपख सर्वसाधारणको घुइँचो नै लाग्ने गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले आकाशे पुल निर्माण संगै सवारी दुर्घटनामा केही कमी आउने बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology