Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

लुम्बिनी प्रदेशमा बहुमत जुटाउन सांसद तानातान : एक सांसद बेपत्ता


5.3K
Shares

लुम्बिनी प्रदेशमा बहुमत जुटाउन सांसद तानातान : एक सांसद बेपत्ता

बुटवल, ११ साउन । लुम्बिनी प्रदेशमा सत्ता संघर्षमा पक्ष र प्रतिपक्ष बहुमत जुटाउन सांसद तानातानको स्थितमा पुगेका छन् । प्रदेशसभामा बहुमत कायम राख्न प्रदेश प्रमुख शंकर पोखरेल हुनुहुन्छ । बिपक्षी गठन बन्धन पनि बहुमत बनाउन लागिपरेको छ ।

८३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री शंकर पोखरेलको पक्षमा ४१ सांसद छन् । नेपाली, काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षधरसहितको विपक्षी गठबन्धनको पनि ४१ नै छन् । १ सांसद निर्णायक हुने भएकाले सत्ता संघर्ष रोचक मोडमा पुगेको छ ।

नेपाली काँग्रेसका १९, माओवादीका सभामुखबाहेक १८, जसपाका ३ र राष्ट्रिय जनमोर्चाका १ सांसद विपक्षी गठबन्धनमा छन् । मुख्यमन्त्री पोखरेलको पक्षमा एमालेका ३८ र जसपाको महन्थ ठाकुर पक्षधर ३ छन् ।

यसअघि जसपाका ४ जना मुख्यमन्त्री पोखरेलको पक्षमा रहेकोमा राज्यमन्त्री सुमन शर्माको राजीनामापछि ३ मात्र भएका थिए । तर, जसपाको उपेन्द्र यादव समूहकी सांसद पुर्मी ढेंगामगर वेपत्ता भएकी छिन् । पाल्पाबाट समानुपातिकतर्फ निर्वाचित मगरलाई मुख्यमन्त्री पोखरेलको इशारामा वेपत्ता पारिएको आरोप लागेको छ ।

सांसद ढेंगामगरलाई मन्त्री बनाइदिने आश्वासन दिइएको बुझिएको छ । मगरले गुट परिवर्तन गरेमा मुख्यमन्त्री पोखरेलको सत्ता जोगिन सक्छ । विपक्षी गठबन्धनको बहुमत नपुग्नसक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology