Nagarik Sawal

२०८३ कार्तिक २८ शुक्रबार

२०८३ कार्तिक २८ शुक्रबार

मोटरसाईकलमा बसिरहेको अबस्थामा भेटिएको शवको रहस्य खुल्यो


6.3K
Shares

मोटरसाईकलमा बसिरहेको अबस्थामा भेटिएको शवको रहस्य खुल्यो

बिराटनगर १०, साउन । मोटरसाईकल माथि बसीरहेको अबस्थामा भेटिएको शवको रहस्य प्रहरीले फेला पारेको छ । विराटनगर महानगरपालिका – ५ बिजुली अफिसमा अगाडि मृत भेटिएका पुरुषलाई ठक्कर दिएपछि ज्यान गएको प्रहरीले अनुसन्धानका क्रममा पाइएको बताएको छ ।साउन ४ गते राति साढे ८ बजे कोसी राजमार्गको विजुली अफिस खण्ड नजिकै मोटरसाइकलमाथि विराटनगर– ५ का ६७ वर्षीय सुदर्शन न्यौपाने मृत भेटिएका थिए ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । ठक्कर दिएको आरोपमा को १ क १३३३ नम्बरको ट्रक र चालक सुनसरी धरान उपमहानगरपालिका–२० देवीगाउँका २८ वर्षीय रामशरण राईलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका ट्रक चालकले दुर्घटनापछि घाइते अवस्थामा रहेका वृद्धले ठीक छु भनेपछि आफ्नो गन्तब्यमा गएको बयान दिएको उहाँको भनाई छ ।

घटना बेला उद्धारमा जुटेका अर्का एक मोटरसाईकल चालकले घटनाको सवै जानकारी गराएपछि हुलियाका आधार अनुसन्धान गर्दै जाँदा मोटरसाईकललाई ठक्कर दिने चालक र ट्रकलाई नियन्त्रण लिन प्रहरी सफल भएको हो । मोटरसाईकल माथि बसिरहेको अबस्था शव भेटिएको समाचार सार्वजनिक भएपछि घटनाका बेला उद्धारमा संलग्न भएका अर्का मोटरसाईकल चालकले प्रहरी कार्यालयमा पुगेर घटनाको बारेमा जानकारी दिएपछि घटना रहस्य खुलेको थियो ।

अचम्मको घटना घट्यो : मोटरसाईकल चढेर बसीरहेको पुरुष मृत भेटियो

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology