काठमाडौ, २६ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आयोजना गरेको चियापान तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा पार्टीभित्रकै दुई पक्षबीच कुटाकुट हुँदा कार्यकर्ता घाइते भएका छन् ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका(२३ स्थित भलुही बजारमा रास्वपा उपमहानगर कमिटीले राखेको कार्यक्रममा सामान्य विवाद हुँदा कुटाकुटको स्थिति बनेको हो । प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।
प्राप्त विवरणअनुसार आज दिउँसो बारा क्षेत्र नम्बर ४ का रास्वपा सांसद रहबर अन्सारीको प्रमुख आतिथ्यतामा करिब ७० जनाको उपस्थितिमा छठ पर्वको शुभकामना आदान(प्रदान कार्यक्रम चलिरहेको थियो । त्यत्तिकैमा निर्माणाधीन श्री नेपाल राष्ट्रिय प्रावि व्यवस्थापन समितिका अध्यक्ष सुवास मियाँ अन्सारीले नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट पूर्व वडाध्यक्ष ९हाल रास्वपा पार्टीमा प्रवेश० असलम देवानमाथि स्कूल निर्माणमा अनियमितता गरेको आरोप लगाए ।
त्यसपछि शुरु भएको सामान्य वादविवादले उग्र रुप लिँदै हात हालाहालको स्थिति बनेको बताइएको छ । झडपकै क्रममा प्रमुख अतिथि अन्सारी भने कार्यक्रमस्थलबाट सुटुक्क बाहिरिएका थिए ।
नेता ज्यान जोगाउन भागेपछि झन् आक्रोशित भएका कार्यकर्ता वीरगञ्ज हेल्थ केयर अस्पताल अगाडि पनि मारमुंग्रीमा उत्रिएको सार्वजनिक भिडियोमा देखिएको छ । घटनामा संलग्न ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।