अचम्मको घटना घट्यो : मोटरसाईकल चढेर बसीरहेको पुरुष मृत भेटियो
काठमाण्डौं ४, साउन । आज साँझ मोटरसाईकलमा चढेर बसिरहेका एक पुरुष मृत भेटिएको छ । मोरङको विराटनगर ५ बिजुली अफिस अगाडि एक पुरुष मोटरसाईकल चढेर बसीरहेकै अबस्था मृत भेटिएको प्रहरीले जनाएको छ ।
को ४ प २३१६ नम्बरको रोकिराखेको मोटरसाइकलमा विराटनगरको वडा नम्बर ५ स्थित मुनालपथ घरभएका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनाको अनुसन्धानका लागि मोरङ प्रहरी कार्यालयबाट डिएसपी दिपक कार्की सहितको टोली घटनास्थल पुगेर अनुसन्धान अघि बढाएको छ । उहाँ कसरी मृत्यु भयो भन्ने बारेमा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed