Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

कोरोनाविरुद्धको १० लाख मात्रा भेरोसेल खोप आज नेपाल आइपुग्ने


1.9K
Shares

कोरोनाविरुद्धको १० लाख मात्रा भेरोसेल खोप आज नेपाल आइपुग्ने

काठमाण्डौं १०, साउन ।  चीनसँग नेपालले सरकारीस्तरमा खरिद गरेको ४० लाख मध्ये १० लाखभन्दा धेरै मात्रा कोरोनाविरुद्धको खोप आज काठमाडौँ आइपुग्दैछ । खोप लिनका लागि गएराति बेइजिङ गएको नेपाल वायुसेवा निगमको जहाज दिउँसो २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलका अनुसार ४० लाख मध्ये आज अन्तिम खेप ल्याउन लागिएको हो । निगमले जम्मा खोप ल्याउन काठमाडौँबाट बेजिङका लागि योसहित चारवटा उडान गरेको छ । सरकारले प्राप्त खोपलाई अग्रभागमा खटिने कर्मचारी, ५० वर्षमाथिका नागरिक र आवश्यकताका आधारमा वितरण गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology