Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

काग्रेसले गर्यो अधिबेशन कार्यतालिका हेरफेर गर्ने सहमति : अब कहिलो के गर्छ त काग्रेसले !


6.6K
Shares

काग्रेसले गर्यो अधिबेशन कार्यतालिका हेरफेर गर्ने सहमति : अब कहिलो के गर्छ त काग्रेसले !

काठमाण्डौ ९ साउन ।  नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले अधिवेशनको कार्यतालिका संशोधन गर्ने सहमति गरेको छ । आज बिहान काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको बैठकले महाधिवेशन कार्यतालिका फरक नपर्ने गरी तल्लो तह कार्यतालिका परिर्वतन गर्ने निर्णय गरको हो । स्थानीय तहको अधिवेशन सर्ने तर कहिले सार्ने भनेर मिति भने नतोकिएको नेताहरुले बताएका छन् ।

महाधिवेशन तलमाथि नहुने गरी आन्तरिक मिलाउने सहमति भएको छ । यसअघि वडा अधिवेशन १२ साउन, पालिका अधिवेशन १६ साउन, प्रदेशसभा क्षेत्रीय अधिवेशन २० साउन, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २३ साउनका लागि तोकिएको थियो ।

एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउनका लागि तय गरिएको थियो । हिजोको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिबेशनको मिति परिवर्तन नहुने गरि तल्लो तहको कार्यतालिका भने संसोधन गर्न सकिने बताउनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology