काठमाण्डौ ९ साउन । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्रि छान्ने बिषयले आफु तनावमा रहेको बताउनु भएको छ । शनिबार विहान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले पार्टी भित्र रहेका ४९ जना सांसदले मन्त्रिका लागि दवाब दिएको भन्दै मन्त्रि छान्ने बिषयले आफु तनावमा परेको खुलासा गर्नुभएको हो ।
‘मन्त्री बन्न दबाब दिने मान्छेहरुको हुलबाट आएको छु म अध्यक्ष प्रचण्डले भन्नुभयो, ४९ जना सबैलाई मन्त्री चाँहिएको छ। तर पाउने त थोरै छ।, उहाँले नेपाली राजनीतिमा पछिल्लो समय पद र अवसर नपाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति बढेको समेत बताउनुभयो । ‘मन्त्री नभए नेतृत्वलाई सरापेर हिँड्ने अवस्था बनेको छ, उहाँले भन्नुभयो, नियुक्ति पायो भने ठिक छ नभए नेतृत्व बदमाश भनेर गाली गर्ने प्रवृतिको विकास भएको छ।’
अध्यक्ष प्रचण्डले मन्त्री छान्ने विषयले आफू केही दिन यता मानसिक रुपमा तनावमा परेको बताउनुभयो । सबै ४९ जनालाई नै मन्त्री बनाउन मिले त बनाइदिनु हुन्थ्यो, उहाँले भन्नुभयो, कुरा आदर्शको गर्ने तर चित्त चाँहि मन्त्री पाइन्छ कि पाइदैन भन्ने छ।, प्रचण्डले नरबहादुर कर्मचार्यको आदर्शबाट पार्टी नेता कार्यकर्ताले सिक्नुपर्ने बताउनुभयो ।