गोरखा ८, साउन । गण्डकी प्रदेशका अर्थमन्त्री राम्जी बरालले प्रदेश भित्र कोरोना बिरुद्ध फ्रन्ट लाइनमा खटिने स्वास्थ्यकर्मी, चिकित्सक तथा सरसफाईकर्मीहरुको प्रोत्साहनका लागि १ करोड रुपैया निकासा गर्नुभएको छ ।
आज पदभार ग्रहण गर्दै अर्थमन्त्री बरालले संक्रमणका बिरुद्ध लडिरहेका फ्रन्टलाईनका स्वास्थ्यकर्मीहरुका लागि प्रोत्साहन बापतका रकम निकासा गर्नुभएको हो ।