काठमाण्डौं ८, साउन । नेकपा एमाले उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिनुभएको राजीनामा फिर्ता लिनु भएको छ । उपाध्यक्ष रावलले सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउनु भएको राजीनामा फिता लिनुभएको संसद सचिवालयले पुष्टी गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिन नसक्ने भन्दै उहाँले यही साउन ३ गते पदबाट राजीनामा दिनुभएको थियो ।