काठमाण्डौ ७ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निजी सचिवालयले पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपाल बिच भेटघाटको कुनै कार्यक्रम नभएको स्पस्ट पारेको छ । अध्यक्ष ओली र बरिष्ठ नेता नेपाल बिच भेटघाट तयारी भएको समाचार सार्वजनिक भएपछि नेता नेपालका स्वकिय सचिव मोहन गौतमले सामाजिक सञ्जाल मार्फत दुई नेता बिच भेटघाटको कुनै कार्यक्रम तय नभएको जानकारी गराएको हो ।
‘विभिन्न सन्चारमाध्यमहरूमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीबीच आज भेट भएको र हुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहाँहरूबीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु ।’ स्वकिय सचिव गौतमले भन्नुभएको छ । एमाले संसदीय दलका उपनेता समेत रहेका ओली पक्षीय नेता सुवास नेम्वाङले ओली र नेपालबीच भेटवार्ता हुन लागेको बताउनु भएको थियो ।