काठमाण्डौ ७, साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुलुकमा कोरोना महामारीको तेस्रो चरणको लहरको संकेत देखिएको भन्दै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
मन्त्रालयले सूचना जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै मानिसहरुको चहलपहल बढेको र जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना नगर्दा कोरोनाको तेस्रो लहर सुरु हुन सक्ने भएकाले अस्पतालका बेडहरु र अक्सिजको अवस्थालाई चुस्तदुरुस्त बनाउन भनेको हो ।