Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

देउवालाई मत दिनुलाई अक्षम्य अपराध भएपनि बाटो बिराएकालाई माफी दिन्छौ : अध्यक्ष ओली


2.1K
Shares

देउवालाई मत दिनुलाई अक्षम्य अपराध भएपनि बाटो बिराएकालाई माफी दिन्छौ : अध्यक्ष ओली

काठमाण्डौ ७, साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फ्लोर क्रस गर्ने सांसदहरुलाई आममाफी दिने घोषणा गर्नुभएको छ । पुष्पलाल स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले फ्लोर क्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनुलाई अक्षम्य अपराधको संज्ञा दिँदै बाटो बिराएका नेताहरुलाई ‘आममाफी’ दिने घोषणा गर्नुभएको हो ।

उहाँले पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिँदै सबैलाई एक भएर अघि बढ्न पनि आह्वान गर्नुभयो । झण्डै एक घण्टा लामो सम्बोधन गर्नुभएको ओलीले एमालेलाई कसैले रोक्न नसक्ने बताउनुभयो । पुष्पलालले रोपेको र मदन भण्डारीले स्याहार सुसार र प्रवलीकरण गरेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology