Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गले ओली : अन्तत माधव नेपाललाई दोस्रो अध्यक्ष दिन पनि तयार


2.7K
Shares

गले ओली : अन्तत माधव नेपाललाई दोस्रो अध्यक्ष दिन पनि तयार

काठमाण्डौं ६ साउन । नेपाल खनाल समुहलाई पेलेरै जाने रणनीति बनाएको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकारबाट बर्हिगमन संगै नेपाल खनाल पक्षसंग गलेका छन् । पटक पटक कारवाही र पार्टीमा कुनै ठाउँ नरहेको भन्दै सार्वजनिक रुपमा भाषण गर्दै आएका ओलीले फेरि एकताका लागि नेपाल खनाल पक्षलाई अर्को पत्ता प्याकेका छन् ।

अध्यक्ष ओलीले पार्टीमा देखिएको विवाद समाधानका लागि वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष दिन समेत तयार रहेको बताएका छने । एमालेको केन्द्रीय समितिको १० औं बैठकको तेस्रो दिनको बैठक समापनको क्रममा मन्तव्य राख्दै ओलीले यस्तो बताएका हुन् । ओलीले सम्बोधनको क्रममा पार्टी एकतालाई जोगाउन हदैसम्मको लचकता अपनाउने जानकारी पनि केन्द्रीय सदस्यहरुलाई गराएका छन् ।

तर, माधव नेपालले पार्टी कब्जा गर्नको लागि बहुमत खोजेर बसेकाले पार्टी एकतामा समस्या भइरहेको ओलीको भनाइ थियो ।उता माधव नेपाल समूहको स्थायी समितिको बैठकले पनि सम्मानजनक एकताको लागि पहल गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology