Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गठबन्धन सरकारबाट जनतामा धेरै आशा छैन :कमल थापा


3.3K
Shares

गठबन्धन सरकारबाट जनतामा धेरै आशा छैन :कमल थापा

हेटौंडा ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धन बाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताउनु भएको छ ।शान्ति ,स्थिरता र समृद्धिको जनताको आशा बिपरित धर्मपरिबर्तन,बिदेशी चलखेल र भ्रष्टाचार ब्याप्त भएको भन्दै थापाले जनतामा निराशा र आक्रोश ब्याप्त रहेको बताउनुभयो । आज राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको समेत दाबी गर्नुभयो । काङ्ग्रेस कम्युनिस्ट बिच बैचारिक,चरित्रगत,नितिगत भिन्नता नरहेको चर्चा गर्दै थापाले काङ्ग्रेस कम्युनिस्टको बिकल्प राप्रपा मात्र हुन सक्ने बिचार ब्यक्त गर्नुभयो।

आन्तरिक बिग्रह र संघर्षबाट कम्युनिस्ट टुटफुट हुँदै कमजोर बनेको तथा काङ्ग्रेस कम्युनिस्टकै बैचारिक लाइनमा हिडेकोले मुकुकले बैकल्पिक शक्ति खोजिरहेको थापाको कथन थियो ।नयाँ सरकार प्रती बिश्वासको बाताबरण नभएको जनतामा चरम बितृष्णा र असन्तोष भएको उहाँको भनाई थियो । महाधिवेशनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण अभियान संचालन गर्न थापाले जिल्लाका कार्यकर्ताहरुलाइ निर्देशन दिनुभयो । सो अबसरमा पार्टी कार्य सम्पादन समिती सदस्य राजाराम बर्तौला, केन्द्रिय सदस्य नबराज बिष्ट , जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटा , सचिब सागर थापा लगायतले सम्बोधन गरेका थिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology