Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ओलीका बिश्वास पात्र महेश बस्नेतकै योजनामा किसन श्रेष्ठले देउवालाई भोट हालेको चर्चा चलेपछि..


3.8K
Shares

ओलीका बिश्वास पात्र महेश बस्नेतकै योजनामा किसन श्रेष्ठले देउवालाई भोट हालेको चर्चा चलेपछि..

काठमाण्डौं ५, साउन । नेकपा एमालेका नेता महेश बस्नेत आफ्नै अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन्। सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई बर्खास्त गरिदिएपछि अदालतको निर्णयविरुद्ध देशव्यापी संघर्ष गर्ने उद्घोष गरेका बस्नेतकै आग्रहमा उनीनिकट सांसद कृष्ण कुमार श्रेष्ठ ‘किसान’ले काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको चर्चा चल्न थालेको छ।

आइतबार देउवाले दोस्रो पटक पुनःजिवीत प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए। उनले १ सय ६५ मत प्राप्त गरे। आइतवरसम्म एमाले अध्यक्ष ओलीको पक्षमा लागेका श्रेष्ठलगायत ८ सांसदले देउवालाई विश्वासको मत दिनु अर्थपूर्ण मानिएको छ। राजनीतिक वृत्तमा बस्नेत र श्रेष्ठको दोस्तीका बारेमा चर्चा पहिल्यैदेखि चल्न थालेको हो। गत सालको वैशाख १० गते बस्नेत, श्रेष्ठ र पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनालमाथि तत्कालीन संघीय समाजवादी पार्टीका नेता डा। सुरेन्द्र यादवलाई अपहरण गरेको आरोप लागेको छ।

८ गते तत्कालीन प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएका थिए। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीलाई विभाजन गर्ने उद्देश्यका साथ डा। यादवलाई ल्याएर मेरियट होटेलमा राखिएको थियो। तर त्यति बेला उनीहरूको योजना सफल हुन सकेन, बरु ससपा र राजपा एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो।

‘बस्नेत पहिल्यैदेखि ओलीको सचिवालय ठिक भएन।’ उनले तत्कालीलयमा भएका व्यक्तिहरूलाई सही ठान्दैनथे। उनले पटक(पटक सार्वजनिक वक्तव्यमै भन्ने गर्थे( ‘प्रधानमन्त्रीको सचिन मुख्य सल्लाहकार विष्णु रिमाल र प्रेस सल्लाहकार सूर्य थापालाई लक्षित गरेर यसो भन्ने गर्थे।’ तर पछिल्लो समय किसान श्रेष्ठले महेश बस्नेतकै सल्लाहमा फ्लोर क्रस गरेर देउवालाई मत दिएका छन्।

देउवालाई विश्वासको मत दिएपछि श्रेष्ठले भनेका थिए( ‘अब म माधव समूहको भएँ, महेश बस्नेत जसरी पनि आउनुहुन्छ।’ यसबारेमा श्रेष्ठसँग बुझ्न खोज्दा उनले ‘बिस्तारै हेर्दै जानुहोस्, अहिले म यसबारेमा केही बोल्ने परिस्थिति बनेको छैन’ भनेर टारिदिए। प्रतिनिधि सभाको दुईरदुई पटक विघटन गरेका ओलीलाई सर्वोच्च अदालतले बर्खास्त गरिदिएपछि उनीनिकट कतिपय नेताहरू असन्तुष्ट छन्। बस्नेत तीमध्ये एकमा पर्छन्। –सूत्रन्यूजबाट

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology