Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पूर्वमाओबादी कमाण्डरको नेतृत्वमा एमाले ओली पक्षले बनायो ‘आईटी आर्मी’


5K
Shares

पूर्वमाओबादी कमाण्डरको नेतृत्वमा एमाले ओली पक्षले बनायो ‘आईटी आर्मी’

काठमाण्डौं ५, साउन । नेकपा एमाले ओली पक्षले पूर्व माओबादी कमाण्डरको नेतृत्वमा आइटी आर्मी गठन गरेको छ । सरकारले आइटी मार्फत जनतामा भ्रम र्सिजना गर्न सक्ने भन्दै माओबादीबाट एमाले प्रवेश गरेका प्रभु साहको नेतृत्वमा आईटी आर्मीको घोषणा गरेको हो ।

लोकन्थलीस्थित एक पार्टी प्यालेसमा आज भएको भेलाले साहको नेतृत्वमा आईटी आर्मीको घोषणा गरेको हो । सरकारले आइटीमार्फत जनतामा भ्रम फैलाउनसक्ने भएकाले त्यसलाई तोड्न आईटी आर्मी निर्माण गरिएको घोषणा पत्रमा उल्लेख छ ।

आइटीको सहायताले मुलुकमा ब्याप्त दुराचार, बेथिति, विकृति, कुशासन, अराजकतासहित सबैखाले दमन उत्पीडन एवं विभेदलाई बढवा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्ने भन्दै केन्द्रीय कमिटी १५१ सदस्यीय समिति गठन गरिएको छ ।

आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ । यस्तै जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology