Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

प्रेम आलेले गरे ओलीको कटाक्ष : एउटा मन्त्रीलाई पद गुमेको थाहा नपाउने कस्तो लोकतन्त्र ?


7.2K
Shares

प्रेम आलेले गरे ओलीको कटाक्ष : एउटा मन्त्रीलाई पद गुमेको थाहा नपाउने कस्तो लोकतन्त्र ?

काठमाण्डौं ४, साउन । ओली पक्षका निकट मानिएका तत्काललिन बनमन्त्री प्रेम आलेले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले थाहा नै नपाउने गरि पद खोसिदिएपछि असन्तुष्ट बनेको खुलासा भएको छ । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिएपछि आले ओलीसग असन्तुष्ट भएको खुलासा भएको हो ।

‘म अहिले बोल्न मिल्दैन । पछि खुलस्तसँग भन्छु, आलेले भन्नुभयो, अहिले पार्टी एकताको प्रयास भइरहेका बेला धेरै बोल्यो भने कुरा बिग्रिन्छ ।’ आलेले आफूलाई अपमानजनक ढंगले मन्त्रीबाट हटाएकोमा आक्रोश पोखेको संकेत  गर्नुभयो ।

‘एउटा मन्त्रीलाई आफ्नो पद गुमेको आफैंलाई थाहा हुँदैन भने त्यस्तो लोकतन्त्र के काम ? यो त राणा शासन जस्तो भैहाल्यो नि ।’ उहाँले भन्नुभयो । झण्डै ५ महिना सरकारमा रहेका आलेलाई प्रतिनिधि सभा विघटनपछि हटाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology