काठमाण्डौ ४, साउन । नेकपा एमाले ओली पक्षले प्रधानमन्त्री शेरबहादर देउवालाई बिश्वासको मत दिने एमाले सांसदहरुलाई २४ घण्टे स्पस्टीकरण सोध्ने निर्णय गरेको छ ।
सोमबार बसेको पार्टीको केन्द्रिय समितिको बैठकले पार्टीको निर्देशन बिपरित फ्लोर क्रम गर्ने सांसदहरुलाई स्पस्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकले पार्टीका बरिष्ठ नेता माधव नेपाल, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ लगायतलाई स्पष्टीकरण सोधेको हो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्लोर क्रस गर्ने नेताहरुलाई कारवाही नगरे पार्टी बचाउन नसकिने बताउनुभएको थियो