Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ओली निकट एमाले युवा संघ रिसले आगो : देउवालाई मत दिने सांसदका बिरुद्ध यस्तो गर्यो घोषणा


5.7K
Shares

ओली निकट एमाले युवा संघ रिसले आगो : देउवालाई मत दिने सांसदका बिरुद्ध यस्तो गर्यो घोषणा

काठमाण्डौ ४, साउन । नेकपा एमाले केपी ओली पक्षका सांसदहरुले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिएपछि एमाले ओली निकट युवासंघ रिसले आगो भएको छ । युवांसघले आफ्ना निकट भनिएका सांसदहरुले देउवालाई बिश्वासको मत दिएपछि युवासंघले देउवालाई मतदिने एमाले सांसदहरुलाई गद्दार घोषणा गर्दै उहाँहरुको निर्वाचन क्षेत्रमा भोलि बिरोध कार्यक्रम गर्ने घोषणा गरेको छ ।

युवासंघले देउवालाई बिश्वासको मत दिने सांसदहरुको निर्वाचन क्षेत्रमा दिउँसो २ बजे हुने बिरोध गर्दै प्रतिनिधिसभाको कार्यकालभरि निर्वाचित सांसदलाई निषेधको कार्यक्रम समेत घोषणा गर्ने चेतावनी दिएको छ ।

ओली निकट युवासंघले संघले एमालेका लाखौं कार्यकर्ताको ऊर्जा र उत्साहमा पानी खन्याउँदै, उनीहरुको भावनामा गम्भीर आघात पुर्याउने गद्दार सांसदहरुलाई सशक्त बहिष्कार गर्न आह्वान गरेको छ । ‘सूर्य चिन्हबाट जितेर रुखमा भोट हाल्ने हरेक गद्दार सांसदहरुलाई उनीहरुकै निर्वाचन क्षेत्रमा निषेध गरौं,’ संघले आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology