Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

प्रधानमन्त्री देउवाले पाए प्रतिनिधि सभामा बिश्वासको मत : बिपक्षमा खस्यो ८३ मत मात्र


6.8K
Shares

प्रधानमन्त्री देउवाले पाए प्रतिनिधि सभामा बिश्वासको मत : बिपक्षमा खस्यो ८३ मत मात्र

काठमाण्डौं ३, असार । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभाबाट आज बिश्वासको मत लिनुभएको छ । व्यवस्थापिक संसदको आज बसेको बैठकबाट प्रधानमन्त्री देउवाले बिश्वासको मत प्राप्त गर्नुभएको हो । देउवालाई काग्रेस, माओबादी केन्द्र, जनता समाजबादी पार्टी र जनमोर्चा नेपालका सांसदहरुले बिश्वासको मत दिएको थिए ।

प्रतिनिधिसभा उपस्थित २४९ सदस्य मध्ये देउवाको पक्षमा बिश्वासको पक्षमा १६५ मत प्राप्त भएको हो । प्रतिनिधिसभामा बिश्वासको मत प्राप्त गरेसंगै अब पुनस्थापना भएको व्यवस्थापिका संसदको पुरा सञ्भालन हुनेभएको छ । प्रधानमन्त्रीको बिपक्षमा जम्मा ८३ मत खसेको थियो । त्यस्तै मत दिन्न भन्ने पक्षमा १ मत खसेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology