Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

देउवाले आजै संसदबाट बिश्वासको मत लिने : प्राप्त होला त बिश्वासको मत, अङक् गणित हेर्नुहोस !


3.3K
Shares

देउवाले आजै संसदबाट बिश्वासको मत लिने : प्राप्त होला त बिश्वासको मत, अङक् गणित हेर्नुहोस !

काठमाण्डौं ३, साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आज प्रतिनिधिसभाबाट बिश्वासको मत लिनुहुने भएको छ । सर्वोच्च अदालतको परमादेशमा प्रधानमन्त्री बन्नुभएका देउवाले ढिलो नगरी बिश्वासको मत लिन लाग्नु भएको हो । उहाँलाई बिश्वासको मत प्राप्त हुन अहिले प्रतिनिधिसभा सभाका तत्काल रहेको कुल सदस्य संख्याको बहुमत १३६ आबश्यक पर्छ ।

तर प्रधानमन्त्री देउवाको पक्षमा खुलेर रहेका काँग्रेस, माओवादी, उपेन्द्र यादव पक्ष जनता समाजवादी र जनमोर्चाको तर्फ गरि १ सय २८ मत निश्चित रहेको छ भने बाँकी मत नेकपा एमाले माधब नेपाल पक्षको आबश्यक पर्नेछ । अहिलेसम्म नेपाल पक्षले देउवालाई प्रतिनिधिसभामा बिश्वासको मत हाल्ने नहाल्ने निश्चित छैन ।

प्रधानमन्त्रीलाई नेपाल पक्षको कम्तीमा ८ मत आबश्यक पर्छ । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने व्यवस्था छ । देउवाले विश्वासको नपाए अब देश निर्वाचनको दिशामा धकेलिने र ६ महिनाभित्रमा निर्वाचन हुनेछ ।

यद्देपी देउवालाई बिश्वासको मत दिने नदिने भन्ने बिषयमा छलफल गर्न एमाले माधब नेपाल समुहको बैठक कोटेश्वरमा बसी रहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology