Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या करिब ४१ लाख पुग्यो


3.4K
Shares

विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या करिब ४१ लाख पुग्यो

काठमाण्डौं ३, साउन । विश्वभर कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या ४१ लाख नजिक पुगेको छ । पछिल्लो समय अमेरिका, ब्राजिल, रुस, बेलायत लगायतका मुलुकमा कोरोना सङ्क्रमणको दरमा वृद्धि आउनुका साथै मृत्युदर पनि बढ्न थालेको देखिन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका विभिन्न मुलुकमा कोरोना महामारीको तेस्रो चरणको लहर सुरु भएको छ । जसका कारण जनजीवन फेरि असामान्य बन्दै गएको छ ।

विगत झन्डै ३/४ महिनादेखि नियन्त्रणमा रहेको कोरोना सङ्क्रमणको दर बढेको भन्दै संगठनले सबैलाई जनस्वास्थ्यका मापदण्ड लागू गर्न आग्रह गरेको छ । पछिल्लो अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर थप ८ हजार ६ सय ५३ जनाको कोरोनाका कारण मृत्यु भएको र योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० लाख ९३ हजार ५० पुगेको छ ।

सङ्क्रमित हुनेको संख्या १९ करोड नाघेको छ । गत २४ हालसम्म विश्वभर कोरोनाका ५ लाख ६२ हजार ८ सय नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या १९ करोड ४ लाख ३ हजार ५ सय ६६ पुगेको छ । यस्तै विश्वभर कोरोना सङ्क्रमणपछि निको हुनेको संख्या १७ करोड ३५ लाख ७३ हजार ४ सय १६ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology