Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

मन्त्री आशमा ओलीको पक्षमा खुलेका जसपा ठाकुर पक्षका ५ सांसद फर्किए यादव तिर


1.4K
Shares

मन्त्री आशमा ओलीको पक्षमा खुलेका जसपा ठाकुर पक्षका ५ सांसद फर्किए यादव तिर

काठमाण्डौं ३, साउन । सरकारमा जान पाउने भएपछि जनता समाजबादी पार्टी (जसपा) ठाकुर पक्षमा खुलेका ५ सांसद ओली सरकार ढलेसंगै फेरि यादब पक्षको पोल्टामा फर्किएका छन् । यादव पक्षले शनिबार बोलाएको संसदीय दलको बैठकमा ठाकुर पक्षमा चार सांसद उपस्थित भएपछि उनिहरु ठाकुर पक्षमा खुलेको पुष्टी भएको हो ।

अर्का एकजना सांसदले बैठकमा उपस्थित नचएपनि यादव पक्षलाई साथ दिने आवश्वासन दिएको स्रोतको दावी छ । ठाकुर पक्षलाई छोडेर यादव पक्षमा आउनेहरुमा प्रमोद साह, अमृताच अग्रहरी, रानी मण्डल, नरमाया ढकाल रहेको बताइएको छ ।

उनिहरु यादव पक्षको बैठकमै सहभागी भएका हुन् । अर्का सांसद रुही थारुले आफू काठमाडौं बाहिर भएकाले बैठकमा आउन नसकेको जानकारी गराएको ठाकुर पक्षका नेता मृगेन्द्रसिंह यादवले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology