काठमाण्डौं २, असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आज दिउँसो प्रचण्ड कोटेश्वर स्थित नेता नेपालको निवासमा पुग्नुभएको थियो ।
सर्वोच्च अदालतको आदेशमा संसद पुनस्र्थापना र शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपछि विगतमा सँगै रहेको काँग्रेस, माओवादी केन्द्र, एमालेको माधवकुमार नेपाल र जसपाको उपेन्द्र यादव पक्ष सम्लग्न गठबन्धन कसरी अघि बढ्ने भन्ने विषयमा निरक्योलमा पुग्न सकेको छैन । गठबन्धनका नेताहरु आपसमा छलफलमा व्यवस्त छन् ।
एमालेमा नेता नेपाललाइ मिलाउने गरि १० बुदे सहमति भएपछि नेपालले आफु अब गठबनधनमा नरहेको बताउनुभएको छ । यद्यपी प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड लगाएतले उहाँ संग भेटेर सरकारलाइ समर्थन गर्न आग्रह गरिरहेका छन् ।