Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

प्रतिनिधि सभा पुनस्थापनपछि भोलि पहिलो पल्ट काँग्रेस संसदीय दलको बैठक बस्दै


2.9K
Shares

प्रतिनिधि सभा पुनस्थापनपछि भोलि पहिलो पल्ट काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाण्डौ २, साउन ।  नेपाली काँग्रेस संसदीय दलको बैठक भोलि बस्ने भएको छ । प्रतिनिधिसभा पुनस्र्थापनापछि पहिलो पटक दलको बैठक बस्न लागेको हो । भोलि प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाइएको काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले जानकारी दिनुभयो ।

सर्वोच्च अदातलको आदेश अनुसार सरकारले ३ साउनमा प्रतिनिधिसभा बैठक बोलाइसकेको छ । यसअघि प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको काँग्रेस अब सत्तारुढ दलका रुपमा संसदमा भूमिका निर्वाह गर्ने छ । सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिए अनुसार देउवा प्रधानमन्त्री नियुक्त भइसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology