Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नेपालमा आज मात्रै थपिए १८ सय ७५ नयाँ सङ्क्रमित


4.8K
Shares

नेपालमा आज मात्रै थपिए १८ सय ७५ नयाँ सङ्क्रमित

काठमाण्डौं २, असार । नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ७ लाख १४ हजार नाघेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १० हजार ६६ कोरोना परीक्षण गर्दा थप १ हजार ८ सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयको अद्यावधिक तथ्याङ्क अनुसार गत २४ घन्टामा ६ हजार ३ सय १० आरटी पिसिआर विधिबाट कोरोना परीक्षण गर्दा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टीजेन परीक्षण गर्दा ५ सय ६५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा हालसम्म आरटी पिसिआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६५ हजार ८ सय ८६ र एन्टीजेन विधिबाट ४८ हजार ३ सय ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आरटी पिसिआर र एन्टीजेन विधिबाट गरेर हालसम्म नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको संख्या ७ लाख १४ हजार २ सय ४८ पुगेको छ ।

यस्तै गत २४ घन्टामा देशभर २ हजार १ सय ६४ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा कोरोनाका कारण सङ्क्रमणपछि निको हुनेको संख्या ६ लाख ३० हजार ४ सय ७ पुगेको छ । यस्तै गत २४ घन्टामा थप २१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ५ सय २७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology