Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम फेरि थाल्ने


2.9K
Shares

निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम फेरि थाल्ने

काठमाण्डौं १, साउन ।  निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम फेरि सुरु गर्ने जनाएको छ । आयोगले आज विज्ञप्ति निकालेर सर्वोच्चको आदेश बमोजिम प्रतिनिधि सभा पुनस्र्थापना भएका कारण पुर्व मितिमा निर्वाचन नहुने भन्दै मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सुरु गर्ने जनाएको हो ।

सम्मानित सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधि सभा पुनस्र्थापना भएको कारण पूर्व घोषित मितिमा निर्वाचन नहुने भएकोले मिति आउँदो ३ गतेदेखि निर्वाचन कार्यालयहरूबाट मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई सूचारू गर्ने गरी आयोगबाट निर्णय भएको छ, विज्ञप्तिमा भनिएको छ ।

यसअघि गत जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर पहिलो चरणमा कार्तिक २६ गते र दोस्रो चरणमा मंसीर ३ गते निर्वाचन मिति तोकेपछि आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक जेठ ९ गते स्थगित गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology