काठमाण्डौ १, साउन । पछिल्लो २४ घण्टामा देशभर २९३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज ४३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार १८२ जनामा परीक्षण गर्दा २ हजार ९ सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा १ हजार ७७५ जना सङ्क्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या पीसीआरबाट भएको परीक्षणमा ६ लाख ६४ हजार ५७६ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ४७ हजार ७ सय ९७ पुगेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ६ लाख २८ हजार २४३ पुगेको छ । मृतकको कुल संख्या ९ हजार ५०६ पुगेको छ ।