Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

साईत नै जुराएर बालुवाटार छिरे प्रधानमन्त्री देउवा


3.2K
Shares

साईत नै जुराएर बालुवाटार छिरे प्रधानमन्त्री देउवा

काठमाण्डौ १, साउन । प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटार स्थित सरकारी निवास प्रवेश गर्नुभएको छ । मंगलबार प्रधानमन्त्रीको शपथ लिनुभएका प्रधानमन्त्री देउवा आज बिहान बूढा नीलकण्ठस्थित निजी निवासबाट बालुवाटार सर्नुभएको हो ।

बिहान १० : ३ बजेको साइत पारेर सरकारी निवास प्रवेश गर्नुभएका प्रधानमन्त्री देउवालाई बूढानीलकण्ठ देखि बालुवाटार सम्म सुरक्षाकर्मीले एस्कर्टिङ गरेका थिए । सर्वोच्च अदालतको परमादेशपछि गत मंगलबार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

१४६ सांसदले हस्ताक्षर सहित बुझाएको रिटमाथि फैसला गर्दै सर्वोच्चले प्रतिनिधिसभा पुनस्स्थापना गर्न र देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology