Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

एमालेले ओली पक्षले टेरेन माधव पक्षको आग्रह : देउवा सरकार बिरुद्धमा आज गर्यो यस्तो निर्णय


2K
Shares

एमालेले ओली पक्षले टेरेन माधव पक्षको आग्रह : देउवा सरकार बिरुद्धमा आज गर्यो यस्तो निर्णय

काठमाण्डौं १, साउन । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । आज काठमाडौंको च्यासल स्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले नेता माधब नेपाल पक्षसंग गरेको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनमा लैजाने निर्णय पनि गरेको छ । दुइ पक्षबीचको सहमतिका लागि गठन भएको कार्यदल भङ्ग गर्ने निर्णय पनि बैठकले गरेको छ । तर बैठकमा नेता नेपाल प्क्षका नेताहरु उपस्थित भएनन् ।

बैठकमा अध्यक्ष ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको थियो । बैठक चलिरहेका बेला नेपाल पक्षका कार्यदल सदस्यहरु पुगेर बैठक रोक्न र १० बुँदे सहमति अनुसार अघि बढ्न आग्रह गरेका थिए । तर अध्यक्ष ओलीले बैठक जारी रहने बताएपछि नेपाल पक्षका नेताहरु बाहिरिएका हुन् ।

बैठकले लोकतान्त्रिक र अस्वस्थ विधिबाट सरकार गठन भएको भन्दै समर्थन नगर्ने निर्णय पनि गरेको छ । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले लोकतान्त्रिक र अस्वस्थ विधिबाट गठन भएको सरकारलाई पार्टीको समर्थन नरहने र विश्वासको मत नदिने तथा प्रतिनिधिसभा सदस्यहरुलाई निर्णयको पालनाका लागि निर्देशन दिने निर्णय गरेको जानकारी दिनुभयो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी ओलीले राजनीतिलाई गति दिन आफूहरूको रचनात्मक र सक्रिय भूमिका हुने बताउनुभएको छ । उहाँले अब पार्टीका नीति तथा कार्यक्रम लिएर जनतामा गई व्यापक समर्थन प्राप्त गर्ने बताउनुभयो । जनताको समर्थनबाट बनेको सरकार सर्वोच्चको परमादेशका कारण ढलेको भन्दै ओलीले न्याय पाउने ठाउँबाट अन्याय भएको धारणा राख्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology