नागरिक सवाल
गोरखा १, साउन । गण्डकी प्रदेशमा आज एकैदिनमा ३ सय ८१ जना कोरोना थपिएका छन्। पछिल्लो २४ घण्टामा १ हजार १२३ जनाको नमुना परीक्षण गरिएकामा ३८१ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिनुभयो ।
गण्डकी प्रदेशको कास्की १४६, बागलुङ ४९, स्याङ्जा ३५, मनाङ ११, मुस्ताङ २, म्यादी ५, पर्वत ७३, गोरखा १, लमजुङ ८, तनहुँमा २० र नवलपुरमा ४१ जनामा आज संक्रमण देखिएको उहाँले जानकारी दिनुभयो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६० हजार ९०० पुगेको छ ।