गोरखा १, साउन । गोरखाको बुढीगण्डकी र मस्र्याङ्दी नदी किनारामा बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिइएको छ । महाशाखाले आज सूचना जारी गर्दै गोरखाको बुढी गण्डकी र मस्र्याङदी नदीका साथै देशको महाकाली, पश्चिम राप्ती, तिनाउ नदीका सहायक नदी तथा नारायणीका सहायक नदीहरु त्रिशूली र कालीगण्डकीलगायतमा पानीको बहाव बढ्ने भएकाले सर्तक रहन अनुरोध गरेको छ ।
आजदेखि देशका केही ठाउँमा ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । विशेष गरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा आज ठूलो पानी पर्ने अनुमान गरिएको छ ।