Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

एमालेको संसदीय दलको बैठक भोली बस्ने


1.5K
Shares

एमालेको संसदीय दलको बैठक भोली बस्ने

काठमाण्डौं ३१, असार । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ । भोली (शुक्रबार) दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाइएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सीआईएनलाई जानकारी दिनुभयो ।

संसद भवन नयाँ बानेश्वरमा हुने भोलीको बैठकमा पार्टीका प्रतिनिधीसभा र राष्ट्रियसभाका सम्पुर्ण सांसदहरुलाई उपस्थितीका लागि बोलाइएको छ । बैठकमा समसमायीक राजनीतिक परिस्थिती र सर्वाेच्च अदालतले प्रतिनिधीसभाको विघटनको मुद्धामा गरेकोे फैसलामा केन्द्रीत रहेर छलफल हुने भट्टराई बताउनुभयो ।

गत असार २८ गते सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्रीबाट बहिर्गमनमा पर्नुभएका नेकपा अध्यक्ष ओली आफ्नो नेतृत्वको सरकार ढल्न पुगेको भन्दै नेताहरूप्रति आक्रोश व्यक्त गरिरहनुभएको छ । ओली नेतृत्वको सरकारको विकल्पमा एमालेका माधव नेपाल पक्षका २६ जना सांसदले हस्ताक्षर गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology