काठमाण्डौं ३०, असार । नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रबिक्रम चन्द (बिप्लव) बिच आज भेटबार्ता भएको छ ।
प्रचण्ड निवासमा भएको भेटबार्तामा पछिल्ला ेराजनीतिक घटनाक्रमका बिषयमा छलफल भएको स्रोतले जनाएको छ । अध्यक्ष प्रचण्ड र महासचिव बिप्लव बिच पार्टी एकता लगायतका बिषयमा छलफल भएको स्रोतको दावी छ ।
जनयुद्धका सहकर्मीहरु बिच एकता हुनुपर्ने बिषयमा बहस चलिरहेका बेला उहाँहरु बिचको भेटबार्तालाई अर्थ पूर्णरुपमा हेरिएको हो ।