नागरिक सवाल
काठमाण्डौ ३०, असार । नेपाली सेनाका एक जवानले आफैले कन्चटमा गोली हानी आज आत्माहत्या गरेका छन् । रामेछाप घर भएका रणभिम गण प्रकौली ब्यारेकमा कार्यरत सैनिक जवानले आ बिहान आफैंलाई गोली हानेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी दिनेश आर्चायले जानकारी दिनुभयो ।
ति जवानले आफैँले बोकेको मिनी इन्सास हतियारले बाँया कन्चटमा गोली हानेको पाइएको उहाँको भनाई छ । उनले व्यारेकको अतिथी गृहसंगै रहेको कोतमा उक्त घटना घटाएको एसपी आर्चायले बताउनुभयो । प्रहरीले परिवार महोत्तरी आइपुगेपछि मात्र मृतकको नाम ठेगाना खुलाउने प्रहरीले जनाएको छ ।