काठमाण्डौं २९, असार । राष्ट्रपति बिद्यादेवी भण्डारीले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज प्रधानमन्त्री देउवाको सिफारिशमा चार जना मन्त्री नियुक्त गर्नुभएको छ।
नवनियुक्त प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले बालकृष्ण खाँणलाई गृह, ज्ञानेन्द्रबहादुर कार्कीले कानून, न्याय तथा संसदीय मामिला, पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइ र जनार्दन शर्मालाई अर्थ मन्त्रालयको जिम्मेवारी प्रदान गर्नुभएको हो । खाँण र कार्की नेपाली कांग्रेसबाट र भुसाल र शर्मा नेकपा (माओवादी केन्द्र) बाट सरकारमा सहभागी हुनुभएको हो ।
सर्वोच्च अदालतको फैसलापछि नेपालको संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो। देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गर्दै देउवासहित १४६ जना सांसदले १० जेठमा सर्वोच्चमा निवेदन दिनुभएको थियो ।