Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राष्ट्रपति भण्डारीले राष्ट्रपति भन्दा पनि ओलीको कारिन्दा जस्तो भएर काम गर्नुभयो : प्रचण्ड


5.7K
Shares

राष्ट्रपति भण्डारीले राष्ट्रपति भन्दा पनि ओलीको कारिन्दा जस्तो भएर काम गर्नुभयो : प्रचण्ड

काठमाण्डौं २९, असार । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले राष्ट्रपति बिद्यादेवी भण्डारी राष्ट्रपति भन्दा पनि ओलीको कारिन्दा जस्तो भएर काम गर्नु भएको बताउनु भएको छ । आज एक टेलिभिजन च्यानललाई अन्र्तबार्ता दिनुहुदै प्रचण्डले राष्ट्रपति भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति भएरपनि गलत कार्यशैलीका कारण सुन्दर इतिहास लेख्ने अबसर गुमाएको टिप्पणी गर्नुभएको हो ।

‘मदन भण्डारीसंग जोडिएको एउटा व्यक्तित्व, देशकै पहिलो महिला राष्ट्रपति, राम्रो काम गरेर देखाउने सुन्दर अबसर थियो, प्रचण्डले भन्नुभयो, तर ओलीको कारिन्दा जस्तो भएर राष्ट्रपति पदको मर्यादा समेत उहाँले गुमाउनुभयो ।’

अध्यक्ष प्रचण्डले अब राजनीतिक नैतिकता भए राष्ट्रपतिले राजिनामा दिनु उचित हुने तर्क गर्नुभयो । अध्यक्ष प्रचण्डले राष्ट्रपतिले राजिनामा नदिए अब उहाँलाई काम गर्न गाह्रो हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology