नागरिक सवाल
गोरखा २९, असार : गोरखामा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेको बिरोधमा एमालेका भातृसंगठनहरुले आज सदरमुकाममा बिरोध प्रर्दशन गरेको छ । संसद पुर्नस्थापना गरि सर्वोच्चले संसद पुर्नस्थपना गर्दै शेरबहादुर देउवालाई दुई दिनभित्रमा प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको बिरोधमा बिरोध प्रर्दशन गरिएको हो ।
अनेरास्वबियु, युवा संघ लगायतका एमाले भाृतसंगठनहरुले संयुक्त रुपमा आयोजना गरेको प्रर्दशनमा अदालतको निर्णयले लोकतन्त्र र संबिधान माथि हस्तक्षेप भएको भन्दै प्रधानन्यायधिस चोलेन्द्रसमशेर राणा बिरुद्ध चर्को नारावाजी समेत गरेका छन् ।
पार्र्टी कार्यालय चाइनिज धाराबाट निकालिएको बिरोध ¥याली पेट्रोलपम्प, आर्युबेद चोक हुदै हरमाटारीमा पुगेर कोणसभामा प्रर्दशन परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै एमाले जिल्ला सचिव कृष्ण नेपालीले सर्वोच्चको निर्णयले नेपालको लोकतान्त्रिक संबिधान माथि कुठाराघात भएको आरोप लगाउनुभयो ।