काठमाण्डौं २८, असार । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बालुवाटार छोड्नु हुने भएको छ । ओलीले भोलि नै बालुवाटार छोडने भएपछि आजदेखि नै सामान प्याकिङ गर्न सुरु गरेको सुरक्षा स्रोतले बताएको छ ।
सर्वोच्च अदालतले दोस्रो पटक संसद पुर्नस्थापना गर्दै दुई दिन भित्रमा शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेपछि प्रधानमन्त्री ओलीले बालुवाटार छोड्ने तयारी गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयको प्रशासनले भोली नै नयाँ प्रधानमन्त्रीको रुपमा शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा साँझ ५ बजे शपथ ग्रहणको निम्ति तयारी अवस्थामा रहन जानकारी गराइसकेको छ ।