Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पन्ध्र लाख मात्रा कोरोनाविरुद्धको खोप आज नेपाल भित्रदै


2.5K
Shares

पन्ध्र लाख मात्रा कोरोनाविरुद्धको खोप आज नेपाल भित्रदै

काठमाण्डौं २८, असार ।  अमेरिकाद्वारा सहयोगस्वरुप प्राप्त जोन्सन एण्ड जोन्सनको १५ लाख मात्रा कोरोनाविरुद्धको जान्सिन खोप आज नेपाल आइपुग्ने भएको छ । बिहान ९ बजेर ४० मिनेटमा कतार एयरवेजको नियमित उडानमा खोप आउन लागेको हो । सरकारले यो १५ लाख मात्रा खोप कस्ता÷कस्ता मानिसलाई लगाउने भनेर निर्णय अझैँ गरिसकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले भने जोखिमयुक्त र छुटेका समूहका नागरिकलाई खोप लगाउने तयारी भइरहेको जानकारी दिनुभयो । काठमाडौँमा आइतबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि देशले अब कोरोनाविरुद्धको खोपको अभाव व्यहोर्नु नपर्ने दाबी गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले अब निरन्तर खोप ल्याउनका लागि सरकार लागि परेको बताउनुभयो । यही वर्षभित्र सबै जनसंख्यालाई खोप लगाइसक्ने सरकारको लक्ष्य रहेको उहाँको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology