काठमाण्डौं २८, असार । नेकपा एमालेको जारी बिबाद समाधानका लागि गठित कार्यदलले सहमतिका लागि १० बुदेँ सहमति प्रस्तावमा हस्ताक्षर पछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अब शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन जनाउनेमा अब १२३ सांसद मात्र रहेको उल्लेख गर्दै व्यंग्यात्मक टिप्पणी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा थापाले एमालेमा भएको सहमतिपछि सर्वोच्चबाट परमादेश र प्रतिनिधिसभा पुर्नस्थापना दुवै नहुने आशय आशय व्यक्त गर्दै देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६ मध्येबाट २३ घटेर १२३ मात्र भएको उल्लेख गर्नुभएको छ ।
यसबाट सर्वोच्चले परमादेश वा पुनस्स्थापना दुवै गर्न नसक्ने आशय थापाले व्यक्त गर्नुभएको हो । थापाको यस्तो आशय प्रति वरिष्ठ नेता माधवकुमार नेपालले भने कडा टिप्पणी गर्नुभएको छ । उहाँले पार्टीको आन्तरिक एकतासम्बन्धमा आइतबार राति भएको सहमतिले प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित नहुने प्रस्ट पार्नुभएको हो। सहमतिकै सन्दर्भलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै नेपालले यस्तो धारणा सार्वजनिक गनुभएको हो ।
थापाको अभिव्यक्ति कार्यदल स्तरमा भएको छलफलको मर्मविपरीत भन्दै उहाँले हिजो राति नेकपा एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्मविपरीत रहेको जिकिर गनुृभएको हो ।
यो व्याख्या गलत र अस्वीकार्य छ,’ नेता नेपालले सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानि गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका नेकपा ९एमाले०का २३ जना सांसद सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’