Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

कोरोनाबाट गण्डकीमा थप ७ जनाको ज्यान गयो


2.5K
Shares

कोरोनाबाट गण्डकीमा थप ७ जनाको ज्यान गयो

कास्की २७, असार । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट गण्डकी प्रदेशमा थप ७ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ७ जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशका विभिन्न जिल्लामा ७ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिनुभयो ।

मृत्यु हुनेहरुमा कास्कीमा २ ,तनहुँमा १,बागलुङ २, म्याग्दी १, स्याङजामा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा –१४ का ४९ वर्षीया पुरुष, पोखरा –२९ का ६२ वर्षीया पुरुष, स्याङजा वालिङ–५ का ३४ वर्षीय पुरुष र तनहुँ भानु–६० की ७७ वर्षकी महिला रहेको जनाइएको छ ।

यसैगरी म्याग्दी बेनी–१ की ८२ वर्षकी महिला, बागलुङ तमानखोला–१ की २३ वर्षीय महिला, बागलुङ नगरपालिका–१२ की ४८ वर्षीया महिलाको पनि उपचारका क्रममा अस्पतालमा मृत्यु उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology